शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

विमानस्थलमा जथाभावी चक्कु प्रहार गर्नेलाई गोली हानियो

दैनिक नेपाल २०७९ साउन २५ गते १६:५५

सांकेतिक तस्वीर

पेरिस, २५ साउन । फ्रान्सको राजधानी पेरिस बाहिर चार्ल्स डे गौले विमानस्थलमा चक्कु प्रहार गर्ने एक व्यक्तिलाई पुलिस अधिकारीहरूले गोली प्रहार गरेका छन् ।

विमानस्थलमा बुधबार जथाभावी गोली प्रहार गर्ने व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेको हो ।  उनको घटनास्थलमै निधन भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

पेरिस पुलिस विभागले आफ्नो ट्विटर अकाउन्टमा भन्यो, ‘अधिकारीहरूले रोइसी–चार्ल्स डे गौले एयरपोर्टमा चक्कु लिएर धम्की दिने व्यक्तिलाई निष्प्रभावी गरिएको छ ।’

प्रतिक्रिया
सम्बन्धित