४ कार्तिक २०८३, बुधबार

थप ८६८ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३ जना सङ्क्रमितको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । पछिल्लो २४ घण्टामा ८६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन गरी ६ हजार ७०५ जनाको नमुना परीक्षण गर्दा ८६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ४१४ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण तीन जनाको ज्यान गएको छ । अहिले नेपालमा पाँच हजार आठ सय ८५ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

अघिल्लो दिन देशभर ६ हजार ३०० जनाको नमूना परीक्षण गर्दा १ हजार ९० जनामा संक्रमण पुष्टि भएको थियो भने कोरोना सङ्क्रमणका कारण थप २ जनाको मृत्यु भएको थियो । उक्त दिन ४३८ जना संक्रमित संक्रमणमुक्त भएका थिए ।