४ कार्तिक २०८३, बुधबार

सानिमा बैंकले आईएफसीबाट ल्यायो दुई करोड अमेरिकी डलर बराबरको ऋण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । सानिका बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बाट दुई करोड अमेरिकी डलर अर्थात् करिब दुई अर्ब ५४ करोड ९७ लाख नेपाली रुपैयाँ विदेशी ऋण प्राप्त गरेको छ ।

मुलुकको विद्यमान तरलता अभावलाई दृष्टिगत गरी गत आर्थिक वर्षमा नै सानिमा बैंकले आईएफसीसँग उक्त ऋण प्राप्त गर्नेसम्बन्धी सम्झौता गरेको थियो । नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपश्चात् उक्त रकम चालू आर्थिक वर्षमा प्राप्त गरिसक्ने बैंकले जनाएको छ ।

सम्झौता अनुसार यो रकम लघु, साना तथा मझौला प्रकृतिका व्यवसायमा ऋण प्रवाह गर्न प्रयोग गरिने छ । समावेशिता तथा दीगो विकासको सिद्घान्तमा आधारित रही बैंकले यो रकम उक्त क्षेत्रमा प्रवाह गर्नुपर्ने हुन्छ । यस्तो ऋण ल्याउने सीमित बैंकहरुको पंक्तिमा सानिमाले आफूलाई पनि उभ्याएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले अहिलेको तरलताको असहज परिस्थितिमा पनि आईएफसीबाट प्राप्त रकमले एमएसएमई क्षेत्रमा कर्जा प्रवाह गर्न केही सहज हुने धारणा व्यक्त गरेका छन् ।

त्यस्तै आईएफसीका नेपाल आवासीय प्रतिनिधि बाबकार एस.फइले सानिमा बैंकमा गरिएको यस लगानीले लघु, साना तथा मझौला प्रकृतिका व्यवसायलाई वित्तीय पहुँचमा थप सहजीकरण गर्दै नेपालको आर्थिक पुनरुत्थानमा सहयोग गर्ने लक्ष्य राखेको बताएका छन् ।

लघु, साना तथा मझौला व्यवसायको लगानीले यस क्षेत्रको विस्तार र रोजगारी सिर्जना गर्न सक्षम बनाउने बताउँदै उनले नगद प्रवाहले नेपालको तरलता संकट र घट्दै गएको विदेशी मुद्रा सञ्चितिलाई कम गर्न पनि योगदान पुर्याउने विश्वास व्यत्तः गरेका छन् । आईएफसीले नेपालमा एसएमई इकोसिस्टमको विकास गर्न सानिमा बैंकको दृढ प्रतिबद्धताको कदर गर्दै दीर्घकालीन साझेदारीका लागि तत्पर रहने उनको भनाइ छ ।