२ कार्तिक २०८३, सोमबार

मिस्टर एण्ड मिस थारुको सात स्थानमा भएको अडिसनबाट २५ जना छनोट (तस्वीरसहित)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । थारु कला, सँस्कृति प्रवर्द्धनका लागि आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु २०२२’ मा हालसम्म २५ प्रतियोगी छनोट भएका छन् ।

सात वटा जिल्लाका प्रमुख शहरहरुमा सकिएको अडिसनबाट पुरुष र महिला गरी २५ जना छनोट भएका हुन् । गत साउन २१ गते चार वटा जिल्लामा अडिसन भएको थियो भने मंगलबार थप तीन वटा जिल्लामा अडिसन सम्पन्न भएको छ ।

मंगलबार मोरङको विराटनगर, सिराहाको लहान र कैलालीको टिकापुरमा अडिसन सम्पन्न भएको हो । विराटनगर अडिसनबाट दुई पुरुष र एक महिला गरि तीन जना छनोट भएका छन् । छनोट हुनेमा प्रविन कुमार खाँ, विके दनुवार र स्वस्तिका चौधरी रहेका छन् ।

यस्तै लहान अडिसनबाट पनि तीन जना छनोट भएका छन् । छनोट हुनेमा रञ्जु चौधरी, सिम्रन चौधरी र भानु चौधरी रहेका छन् । त्यसैगरी टिकापुर अडिसनबाट नोयन्द्र चौधरी, उमङ्ग चौधरी र बिना धमलवाहा थारु छनोट भएका छन् ।

यसैगरि गत शनिबार भएको झुम्का अडिसनमा १२ जना सहभागी जनाएकोमा सविना चौधरी, बन्धना चौधरी र आशिष चौधरी छनोट भएका छन् । त्यस्तै वीरगञ्ज अडिसनबाट मुस्कान चौधरी, निशा चौधरी र करिना चौधरी गरी तीन जना छनोट भएका छन् । चितवनको भरतपुरमा भएको अडिसनबाट सोनु महतो पंजियार, सुरेश दहित, रुपा चौधरी र स्मृति चौधरी थारु गरी ४ जना छनोट भएका छन् ।

त्यसैगरी नेपालगञ्जमा अडिसनमा आशिष थारु, निशान थारु, अशोक थारु, लालबहादुर रत्गैया, भावना चौधरी र माया चौधरी गरी ६ जना छनोट भएको आयोजक जहइन्टरटेनेमन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश चौधरीले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको अन्तिम अडिसन यही साउन २८ गते शनिबार काठमाडौँ, बुटवल र दाङमा हुनेछ । अडिसनपश्चात् छनोट भएकाहरुलाई काठमाडौंमै राखेर प्रशिक्षण दिइने प्रतियोगिता निर्देशक रुपेश चौधरीले जानकारी दिए ।

प्रतियोगिताका बिजेताले नगद, क्राउनलगायत उपहार पाउने छन् । प्रतियोगिता सन् २०१७ देखि सुरुवात भएको थियो । पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी भएका थिए भने मिस थारु जेनिशा चौधरी भएकी थिइन् । त्यस्तै २०१८ को मिस्टर थारु रविन चौधरी र मिस थारु आकृति चौधरी भएकी थिइन् । २०२१ मा भएको तेस्रो संस्करणको मिस्टर थारु प्रशान्त हुजदार हुँदा मिस थारु लिभा थारु भएकी थिइन् ।