
काठमाडौं, २५ साउन । सशस्त्र प्रहरीले वीरगञ्जबाट १४४ केजी गाँजा बरामद गरेको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका–२४ को ड्राइपोर्ट परवानीपुर सडक खण्डस्थित बहुअरी चोकबाट मंगलबार राति उक्त गाँजा बरामद गरेको बताइएको छ ।
सो ठाउँमा रोकी राखेको यूपी ७५ एम ४०८९ नम्बरको भारतीय ट्रकबाट सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको गस्ती टोलीले उल्लेखित परिमाणको गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरीले सो गाडीमा शंका लागि जाँच गर्दा हुटमा लुकाईछिपाई राखेको अवस्थामा उल्लेखित परिमाणको गाँजाको १० वटा प्याकेट फेला परेपछि गाँजासहित उक्त ट्रक नियन्त्रणमा लिइएको हो ।
बरामद गाँजा र ट्रक जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।















प्रतिक्रिया