४ कार्तिक २०८३, बुधबार

राज्यलाई ट्र्यापमा पार्नेहरूलाई छोड्दिनँ : मन्त्री चौधरी

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । सहरी विकासमन्त्री मेटमणि चौधरीले राज्यलाई ट्र्यापमा पार्ने गिरोहहरूलाई नछोड्ने बताएका छन् ।

मंगलबार साँझ एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै मन्त्री चौधरी यस्तो धारणा व्यक्त गरेका हुन् । ‘आफू मन्त्री भइसकेपछि तपाईँलाई मन्त्री मैले बनाएको हुँ । फेरि पनि मन्त्री बनाउँछुसम्म भन्न केही मान्छे आएका थिए । भनेपछि बुझ्नुस् देश कसरी चलाउन खोजिएको छ । कस्ता मान्छेहरु राज्य सत्ताको वरिपरि घुमिरहेका छन्,’ उनले सुनाए ।

यसअघि सहरको नक्सांकन गर्नेहरु र ठेकेदारहरुले नाफा कसरी कमाउने भन्ने मात्र सोचेकाले आज अधिकांश सहर बिग्रिएको बताएका मन्त्री चौधरीले विकासमा जनतालाई जोड्ने मोडेलले मात्र सफलता प्राप्त हुने बताए ।

‘यसअघि उपभोक्तामार्फत् अर्थात् जनतामार्फत् हुने १ करोड मुनिका योजनाहरु रोकिएको थियो । त्यसमा अदालतको समेत स्टेअर्डर आइसकेको छ । मैले तत्काल खोल्न निर्देशन पनि दिइसकेको छु,’ उनले भने, ‘ठेकेदारमार्फत् जम्मै काम गराउने कुरा उचित छैन । ठेक्का लिने, समय गुजार्ने, खर्च बढाउने, ठेक्का लिएर भाग्नेदेखि लिएर जम्मै बर्बाद पार्नेसम्म भइरहेको छ । ठेकेदारले त योजनालाई दुहुनो गाइ पो बनाइरहेका छन् ।’

आफ्नो कार्यकाल छोटो भए पनि फोहोर व्यवस्थापन र सवारी जामको स्थायी समाधान गर्ने बताएका छन् ।