५ कार्तिक २०८३, बिहिबार

सरकारकै कारण स्वास्थ्य बीमा कार्यक्रम जोखिममा पर्‍यो : सांसद अधिकारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारकै कारण स्वास्थ्य बीमा कार्यक्रम जोखिममा परेको बताएका छन् ।

आज बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारकै कारण स्वास्थ्य बीमा कार्यक्रम जोखिममा परेको बताउँदै स्वास्थ्य बीमा कार्यक्रम कोल्याप्स नगर्न समेत माग गरेका छन् ।

‘कार्यक्रममार्फत बीमितहरूबाट ११ अर्ब रुपैयाँ सङ्कलन भएको छ,’ उनले भने, ‘यसलाई अहिले अप्ठेरो अवस्थामा पुर्याइएको छ । सम्पूर्ण सरकारी अस्पताल र प्रतिष्ठान यो सेवा बन्द गर्ने अवस्थामा पुगेका छन् ।’

उनले एक मात्र समाजवादन्मुख कार्यक्रम स्वास्थ्य बीमा कोल्याप्स पार्न लागेको भन्दै सरकारको ध्यानाकर्षण गराए । स्वास्थ्य बीमा कोल्याप्स नगर्न सरकारलाई आग्रह गर्दै उनले एचआईभी एड्स संक्रमित, ज्येष्ठ नागरिक, अपांगता भएका नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्न खोजिएको आरोप समेत लगाएका छन् ।