५ कार्तिक २०८३, बिहिबार

नर्भिक अस्पतालले मेयर बालेनलाई भन्यो– सरकारी जग्गामा बनेका संरचना हटाउन सकिदैन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले सरकारी जग्गामा बनाएको विभिन्न भौतिक संरचनाहरू नहटाउने बताएको छ ।

अस्पतालले आज मंगलबार पत्रकार सम्मेलन गरेरै ती संरचनाहरू अटाउन नसकिने बताएको हो । सरकारसँग २० वर्षको भाडा सम्झौता रहेको भन्दै अस्पतालले उक्त संरचना नहटाउने बताएको हो ।

‘नर्भिक अस्पतालले सरकारसँग २० वर्षका लागि भाडामा जग्गा उपभोगसम्बन्धी सम्झौता गरेको छ,’ पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले भने, ‘२०६५ सालमा नेपाल सरकारको तर्फबाट भूमिसुधार कार्यालय काठमाडौंका भूमिसुधार अधिकारी लुम्बप्रसाद सिवाकोटीसँग २० वर्षका लागि उक्त जग्गा भाडामा लिएका हौं, नपत्याए यो सम्झौतापत्र हेर्नुहोस् ।’

सिवाकोटीसँग भएको सम्झौतापत्र सार्वजनिक गर्दै उनले महानगरले खाली गर्नु भनेको जग्गामा टहराहरु बनाएर अक्सिजन प्लान्टदेखि बिजुली, पानीजस्ता अत्यावश्यक वस्तुहरुको सप्लाइ गरेको जानकारी दिए ।

यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काएर खाली गर्न निर्देशन दिएका थिए । तर, अस्पतालले मेयर साहको निर्देशनको अवत्रा गर्दै संरचना नहटाउने अड्डी लिएको छ ।