४ कार्तिक २०८३, बुधबार

डिजिटल इकोनोमी प्रवर्द्धनमा प्रभावकारी भूमिका खेल्दै माछापुच्छ्रे बैंक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । देशका हरेक वर्ग र तहका ग्राहक माझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पोखरास्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास र बेनीको गलेश्वर शिवालय क्षेत्र विकासमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।

डिजिटल बैंकिङमा आक्रमक बन्दै देशका हरेक स्थानमा सरल र सहज सेवा विस्तार गर्ने क्रममा माछापुछ्रे बैंकले कास्की र म्याग्दीको पवित्र तीर्थस्थल विन्ध्यवासिनी र गलेश्वर धाममा छुट्टा–छुट्टै दिनमा क्यूआर कोड हस्तान्तरण गरेको हो ।

पोखरामा अवस्थित विन्ध्यवासिनी मन्दिरमा आइतबार भएको एक कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. रामशरण खरेल, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका कार्यवाहक अध्यक्ष सूर्यप्रसाद सुवेदी तथा माछापुछ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले संयुक्त रूपमा उक्त क्यूआर सेवाको शुभारम्भ गरेका थिए ।

उक्त कार्यक्रममा माछापुछ्रे बैंकका संस्थापक सञ्चालक स्व. सूर्यबहादुर केसीकी श्रीमती प्रेमकुमारी केसी तथा बैंकका सञ्चालक बन्दना कार्कीको पनि उपस्थिति थियो ।

साथै म्याग्दीको बेनी स्थित गलेश्वर शिवालय क्षेत्रमा आज मंगलबार भएको एक कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका निर्देशक डा. रामशरण खरेल, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव रेग्मी, बेनी नगरपालिकाका मेयर सुरत केसी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले संयुक्त रूपमा उक्त क्यूआर सेवाको शुभारम्भ गरेका छन् ।

यो सेवा सञ्चालनमा आएपछि मन्दिरमा आउने दर्शनार्थीहरूले क्यूआर कोडबाटै भेटी चढाउन सक्नेछन् । दर्शनार्थीहरूले क्यूआर कोड सेवा निःशुल्क प्रयोग गर्न सक्ने बैंकले जानकारी दिएको छ । नगदको विकल्पमा नवीन र प्रयोग गर्न अति नै सहज भएको कारण क्यूआर कोडको प्रयोग आम मानिसमा बढ्दै गइरहेको छ ।