
काठमाडौं । लोकप्रिय गायिका प्रिती आले र गायक राजेश बर्देवाको नयाँ तिज गीत ‘भेलु बाजे डान्स’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
प्रतिभा शर्माको शब्द, प्रिय कुमारको संगीत र केशव बाबुको एरेन्जमा गीत तयार गरिएको हो । दर्जनौँ चर्चित गीतमा स्वर दिएर चर्चामा रहेकी गायिका प्रिती आले र लोकप्रिय गायक राजेश बर्देवाको सहकार्यमा तयार भएको म्यूजिक भिडियोलाइ गायिका आलेले नै निर्देशन गरेकी हुन् ।
त्यस्तै दुर्गा पौडेलले छायांकन गरेको भिडियोलाइ नवीन घर्तिमगरले सम्पादन गरेका हुन् । भिडियोमा प्रिती आले र राजेश बर्देवालगायत अन्य कलाकारहरूलाई फिचर्ड गरिएको छ ।















प्रतिक्रिया