१ कार्तिक २०८३, आइतबार

अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्प निवासमा अनुसन्धान ब्यूरोको छापा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ साउन । अमेरिकाको संघीय अनुसन्धान ब्यूरो (एफबीआई) ले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको निवासमा छापा मारेको छ।

एफबीआईले ट्रम्पको फ्लोरिडास्थित निवासमा छापा मारेको हो। ट्रम्पले एफबीआईबाट ठूलो संख्यामा आएका एजेन्टहरुले आफ्नो घर नियन्त्रणमा लिएको बताएका छन्।

घरमा छापा मार्दा न्युर्योकस्थित ट्रम्प टावरमा रहेका पूर्व राष्ट्रपति ट्रम्पले आफूले छानबिनका लागि सहयोग गरिरहेको भए पनि अहिले आफूविरुद्ध गलत भएको आरोप लगाए।

उनले आफूलाई सन् २०२४ मा राष्ट्रपतीय निर्वाचन लड्न नदिने षड्यन्त्र भइरहेको समेत जिकिर गरे। ट्रम्प राष्ट्रपति भएको बेला सरकारी दस्ताबेज दुरुपयोग गरेको विषयमा एफबीआईले छापा मारेको बीबीसीले जनाएको छ।

गत वर्ष अमेरिकाको क्यापिटल हाउसमा हिंसा भएको विषयमा संसदीय समितिले ट्रम्पमाथि अझै पनि छानबिन गरिरहेको छ । – एजेन्सी