
उदयपुर, २३ साउन । नेकपा एमाले रौतामाई गाउँपालिका कमिटीले स्थानीय तहको निर्वाचनमा पराजित हुनुमा विपक्षी दरुहरूबीचको गठबन्धन नै प्रमुख कारक भएको निष्कर्ष निकालेको छ ।
अढाई महिनापछि भएको समीक्षा बैठकमा एमालेविरुद्धको मोर्चाबन्दी र सत्ताको चरम दुरुपयोगका कारण एमालेले निर्वाचनमा पराजय भोग्नुपरेको निष्कर्ष निकालेको हो । यस्तै पार्टी भित्रको आन्तरिक द्वन्द्वका कारण पनि पार्टीले निर्वाचनमा अनपेक्षित पराजित भोग्नु परेको निष्कर्ष रौतामाइ एमालेको छ ।
बैठकमा आठ वटै वडाका प्र्रतिनिधि, निर्वाचित जनप्रतिनिधि, गाउँपालिका कमिटीका पदाधिकारी र सदस्यहरुले रिपोर्टिङ्ग गरेका थिए । त्यसक्रममा जिल्ला कमिटी र प्रदेश कमिटीका सम्बन्धित भूगोलका सदस्यहरुले समेत निर्वाचनमा देखिएका समस्या र गरिएका प्रयासका बारेमा समीक्षा गरेका थिए ।
उनीहरुले पार्टी भित्रका नेता कार्यकर्ता विचको मेलमिलाप नहुनु, टिकट वितरण न्यायोचित नहुनु, विगतमा अन्तर्घात गर्नेहरूलाई कारबाही नगरिनु, पार्टीभित्र अनुशासन र सुशासन कायम हुन नसक्नुलगायत कारणले पनि पार्टीमा समस्या उत्पन्न भएको बताएका छन् ।
बैठकले निर्वाचनमा अन्तर्घात गर्ने पालिका कमिटीका सचिवालय सदस्य रौतामाई गाउँपालिका ३ लाफागाउँका चन्द्रबहादुर कार्की र कमल कार्कीलाई कारबाहीका लागि माथिल्लो कमिटीमा सिफारिस गर्ने निर्णय गरेको पालिका कमिटी अध्यक्ष केशव राईले जानकारी दिएका छन् ।















प्रतिक्रिया