
काठमाडौं, २३ साउन । बैंक अफ काठमाण्डू लिमिटेडले ११.०३ प्रतिशतको उच्चतम् ब्याजदर भएको बीओके रिकरिङ्ग र रिभर्स रिकरिङ्ग निक्षेप खाता सार्वजनिक गरेको छ ।
वित्तीय व्यवस्थापनबारे चिन्तन गरिरहेकाहरूलाई लक्षित गरी बैंकले विभिन्न आकर्षक सुविधा समावेश गरी उच्चतम् ब्याजदरसहितको उक्त खाता योजना सार्वजनिक गरेको बैंकले बताएको छ । यो सँगै वित्तीय व्यवस्थापनको सुबिधाहरु भएको निक्षेप खाताले आम ग्राहकलाई सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । ग्राहकको भविष्य तथा वर्तमानको वित्तीय योजनाहरुमा सहयोग पुर्याउने हेतुले यो नयाँ योजना ल्याइएको बैंकको भनाइ छ ।
‘आजको स–साना बचतले भविष्यको ठूला वित्तीय आवश्यकताहरू सहज रुपमा व्यवस्थापन हुन्छन् भन्ने मान्यतालाई आत्मसाथ गर्दै बैंकले ग्राहकको वित्तीय व्यवस्थापनसहित ११.०३ प्रतिशतको उच्चतम् ब्याज आम्दानीको सुनिश्चिताको लागि रिकरिङ्ग निक्षेप खाता ल्याएको हो । यस निक्षेप खातामा बैंकले खातावाहक महानुभावहरुलाई त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नेछ । यस खातामा न्यूनतम् रू. १,००० देखि बचत गर्न सकिनुका साथै आफ्नो भविष्यको वित्तीय आवश्यकतामा ध्यानमा राखी क्रमिक रुपमा अथवा दैनिक, साप्ताहिक तथा मासिक रु ५०० को गुणाङ्कमा न्यूनतम् १ वर्ष देखि अधिकतम् १० वर्ष बचत गर्न सकिने छ,’ बैंकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
यदि रिकरिङ्ग निक्षेप खातावाहकलाई वित्तीय आवश्यकता भएमा सहुलियत ब्याजदरमा बचत रकमको ९०% सम्म कर्जा पाउने व्यवस्था समेत गरिएको बैंकको भनाइ छ । बीओके रिभर्स रिकरिङ्ग निक्षेप खाता नेपालको वित्तीय क्षेत्रमा पहिलो पटक सार्वजानिक गरिएको बैंकको दाबी छ ।
साथै, यस रिकरिङ्ग तथा रिभर्स रिकरिङ्ग निक्षेप खातामा बैंकको क्रेडिट जारी शुल्कमा विशेष छुट पाउनुका साथै बचत रकमको ५०% सम्म क्रेडिट कार्ड सुबिधा रहेको छ ।















प्रतिक्रिया