४ कार्तिक २०८३, बुधबार

आईएमई जनरल इन्स्योरेन्सको सीईओमा श्रेष्ठ पुनः नियुक्त

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युगेशभक्त वादे श्रेष्ठ पुनः नियुक्त भएका छन् ।

इन्स्योरेन्स कम्पनी सञ्चालक समितिको गत असार ७ गतेको बैठकले श्रेष्ठलाई साउन २३ गते (आज) देखि लागू हुनेगरी उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । श्रेष्ठले आजैदेखि दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरिसकेका छन् ।

श्रेष्ठ २७ वर्षदेखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत रहँदै आएका छन् । बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्तर लागि परेका श्रेष्ठको नेतृत्वमा करिब ७ वर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगति हासिल गर्न सफल भएको कम्पनीको भनाइ छ ।