५ कार्तिक २०८३, बिहिबार

प्रहरी हिरासतबाट भागेका अभियुक्त १५ दिनपछि पक्राउ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, २३ साउन । जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतबाट भागेका एक अभियुक्त १५ दिनपछि आज सोमबार पुनः पक्राउ परेका छन् ।

जबरजस्ती करणी मुद्दाको अनुसन्धानका लागि हिरासतमा राखिएका बाँकेको खजुरा गाउँपालिका–८ का २६ वर्षीय अब्दुल खाँलाई आज बर्दियाको बढैयाताल गाउँपालिका–२ स्थित नेपाल–भारत सीमा नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

अभियुक्त खाँ साउन ९ गते खाना खुवाउने बेलामा ड्युटीमा रहेको सेन्ट्रीलाई झुक्याएर हिरासतबाट फरार भएका थिए । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिएका छन् ।