
काठमाडौं, २३ साउन । कांग्रेस शीर्ष नेताहरूको बैठकले २२ दिने चुनावी अभियान र दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि सिट बाँडफाँडबारे छलफल गर्न आज सोमबार बालुवाटारमा बसेको उक्त बैठकले आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि २२ दिने चुनावी अभियान थाल्ने निर्णय गरेको हो ।
कांग्रेसले २ गतेदेखि २४ भदौसम्म केन्द्रीय सदस्यलाई ७७ वटै जिल्लामा खटाउने निर्णय गरेको छ । स्थानीय तहको निर्वाचनपछि ७७ वटै जिल्लामा कांग्रेसको पोजिसन र संगठनबारे केन्द्रीय सदस्यहरूले पार्टी नेतृत्वलाई रिपोर्ट पेस गर्नेछन् ।
कांग्रेसले ३० र ३१ साउनमा प्रशिक्षण कार्यक्रम राखेको छ । जसका लागि पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख उपप्रमुखलाई काठमाडौं बोलाइने भएको छ ।















प्रतिक्रिया