५ कार्तिक २०८३, बिहिबार

नेपाल पुलिस स्कुलको नवनिर्मित भवनहरू उद्‌घाटन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक, २३ साउन । नेपाल पुलिस स्कुल साँगाको परिसरमा नवनिर्मित एकेडेमिक ब्लक, मेस भवन र दुई वटा पुरुष छात्रावास भवनको उद्घाटन गरिएको छ ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आज सोमबार आयोजित एक समारोहबीच ति भवनहरूको उद्घाटन गरेका हुन् । उनले नवनिर्मित भवनहरूको निरीक्षण गर्नाको साथै नवनिर्मित एकेडेमिक ब्लक परिसरमा वृक्षारोपण समेत गरेका छन् ।

उत्तः अवसरमा प्रहरी महानिरीक्षक सिंहले उक्त स्कुलमा लामो समयसम्म आवद्ध रही योगदान पुर्याएबापत कदर गर्दै शिक्षक उद्वव कार्कीलाई डीबी लामा टिचर्स अवार्ड २०७८ र नगदसहित सम्मान गरेका छन् ।

यसैगरी उनले २५ वर्षभन्दा लामो अवधिसम्म विद्यालयमा योगदान गर्ने शिक्षक तथा कर्मचारीहरु सुरेन्द्र वाग्ले, कृष्ण बहादुर बिष्ट, श्याम सुन्दर सापकोटा, कृष्ण राज अर्याल, शम्भु प्रसाद निरला, हरिहर तिमिल्सिना, राजकुमार नेपाल, निरबहादुर थापा र राजकुमार पोखरेल तथा हाल कार्यरत शिक्षकहरू हरिभक्त कार्की, सन्जोक अधिकारी, रबिना श्रेष्ठ र शिवहरि थापालाई कदरपत्र प्रदान गरेका छन् ।

सोही अवसरमा उनले तुल्सीभक्त कन्सट्रक्सन प्रालि, तारा निर्माण सेवा र ब्राइट कन्सट्रक्सन प्रालि एवं प्रहरी विद्यालयमा कार्यरत ५ जना प्रहरी कर्मचारीहरूलाई समेत कदरपत्र प्रदान गरेका छन् ।

उक्त भवनहरु नेपाल पुलिस स्कुल साँगाको आन्तरिक स्रोत, नेपाल प्रहरी कल्याण कोषको ऋण सहयोग तथा नेपाल सरकारको तर्फबाट राष्ट्रिय पुनः निर्माण प्राधिकरण कोषको सहयोग गरी कूल २१ करोड ३४ लाख ३२ हजार ७ सय ४६ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । कूल ६३,८६३-७२ वर्गफिट क्षेत्रफलमा निर्माण गरिएका उक्त भवनहरु २०७६ मंसिर १८ गते शुरू भई विभिन्न चरणमा सम्पन्न भएका हुन् ।

नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरुद्वारा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको उक्त समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, बनेपा नगरपालिकाका प्रमुख, काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव महानिरीक्षकहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय तहका प्रतिनिधिहरु, शिक्षक तथा विद्यार्थीहरु, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति थियो ।