
काठमाडौं, २३ साउन । बाटोमा हिँडिरहेकी महिलाको घाँटीबाट सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं माछापोखरी बस्ने सुनसरी धरान उपमहानगरपालिका–८ घर भएका २८ वर्षीय ज्ञानेन्द्र सेन्चुरी छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौंको टोखा नगरपालिका–८ जाल्पाचोक भुवनेश्वर मार्गमा ज्ञानेन्द्रले काठमाडौं माछापोखरी बस्ने नुवाकोटकी ५९ वर्षीया महिलाको घाँटीमा लगाएको सिक्री तानी भागेका थिए ।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई ३ थान सिक्रीसहित पक्राउ गरेको बताइएको छ ।















प्रतिक्रिया