
काठमाडौं, २३ साउन । मर्चेन्ट बैंक प्रभु क्यापिटलले जनचेतनामूलक भिडियो ‘आशा’ सार्वजनिक गरेको छ ।
बालबालिकाको उज्ज्वल भविष्य निर्माणको लक्ष्य राखेर उक्त भिडियो तयार गरिएको प्रभु क्यापिटलले जनाएको छ । यसअघि कम्पनीले बालबालिकाहरूको उज्जवल भविष्यको लागि शिक्षा अनिवार्य आवश्यकता भएको भन्दै ‘होस्टे हैंसे’ नामको गैरसरकारी संस्थासँग मिलेर विभिन्न जिल्लाहरुमा शिक्षाको पहुँचबाट बञ्चित रहेका विद्यार्थीहरुलाई ‘हजुरको छोराछोरीका लागि लगानी सँगै शिक्षाबाट बञ्चित बालबालिकालाई सहयोग’ भन्ने मुल नारासहित ‘प्रभु लिटिल च्याम्प पीएमएस’ योजना शुरू गरेको थियो ।
सोही विषयलाई लिएर अहिले चेतनामुलक भिडियो ‘आशा’ निर्माण गरिएको बताइएको छ । भिडियोमा मुख्य पात्र आशा जस्तै कैयौं लगानीकर्ताहरूले क्यापिटलको पीएमएसबाट शेयर बजारमा लगानी गरिरहेका कारणले थुप्रै बालबालिकाहरुले पूर्ण छात्रवृतिमा अध्ययन गरिरहेका र प्रभु क्यापिटलले यो संख्या दिनप्रतिदिन थपिदै गएको उल्लेख गरिएको छ ।
प्रभु क्यापिटलको यो लिटिल च्याम्प पीएमएस भर्खरै जन्मिएका बच्चादेखि १८ वर्षसम्मका छोरा–छोरीहरूको सुरक्षित भविष्यका लागि शुरु गरिएको हो । जसमा नानीबाबुहरु पीएमएस सेवा लिनका लागि जोडिएपश्चात् क्यापिटलले एक पीएमएसवापत १ जना गरीब तथा पिछडिएका बालबालिकाको विद्याल यखर्च व्यहोर्ने छ ।















प्रतिक्रिया