५ कार्तिक २०८३, बिहिबार

निजामती कर्मचारीहरूले सिंहदरबारभित्रैबाट शुरू गरे आन्दोलन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । निजामती कर्मचारीहरूले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रैबाट पेनडाउन गरेर आन्दोलन शुरू गरेका छन् ।

वर्तमान सरकारले गरेको असमान तलव वृद्धिविरूद्ध कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले ‘नायब सुब्बा बचाउ अभियान’ नै बनाएर आन्दोलन थालेका हुन् ।

आन्दोलनका कार्यक्रमअन्तर्गत भोलि मंगलबार देशैभरका नासु बिदामा बस्ने भएका छन् । साथै मंगलबार नै अर्थमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मुख्यसचिव, अर्थ सचिव र सामान्य प्रशासन सचिवलाई नासु बचाउ अभियानले उठाएका मागबारे एसएमएस गर्ने कार्यक्रम समेत रहेको बताइएको छ ।