४ कार्तिक २०८३, बुधबार

सानिमा बैंकद्वारा शैक्षिक छात्रवृत्तिका लागि आवेदन खुला, कसले दिन पाउँछन् आवेदन ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । सानिमा बैंकले विपन्न वर्गका विद्यार्थीहको उच्च शिक्षामा सघाउ पुर्याउने उद्देश्यसहित सञ्चालनमा ल्याएको शैक्षिक छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले कक्षा ११ र १२ को अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्दै आएको छ । चालू शैक्षिक सत्रको सोही छात्रवृत्तिका लागि आवेदन खुला गरिएको बैंकले जानकारी दिएको छ ।

ईच्छुक विद्यार्थीहरूले उपत्यकाबाहिरका शाखाहरूमा गएर आगामी भदौ ३१ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदक विद्यार्थी उपत्यकाबाहिरको हुनुपर्ने बैंकले स्पष्ट पारेको छ ।

बैंकले विगत लामो समयदेखि काठमाडौ उपत्यकाबाहिरका प्रत्येक शाखाहरूबाट कक्षा ११ र १२ अध्ययन गर्ने २/२ जनाविद्यार्थीलाई शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगद वृत्ति शीर्षक छुट्टयाएर छात्रवृत्तिस्वरुप ५० हजार रुपैयाँ प्रदान गर्दै आएको छ । विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न बैंकले छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिएको छ ।

उक्त कार्यक्रमबारे आफ्नो वेबसाइटमार्फत थप जानकारी लिन समेत बैंकले आवेदकहरूमा अनुरोध गरेको छ ।

देशका सातै प्रदेशमा सानिमा बैंकको १२७ वटा कार्यालय तथा १२० वटा एटीएम सञ्चालनमा छन् ।