काठमाडौँ, २२ साउन – एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले छाडेर एकीकृत समाजवादीमा गएका र नेकपाबाट माओवादीमा नै फर्किएका नेताहरूलाई एमालेमा आउन आह्वान गरेका छन्।
आइतबार एमालेनिकट भूपू सैनिक तथा प्रहरी संगठनले राजधानीमा आयोजना गरेको कार्यक्रममा समाजवादी यात्रा तय गर्न नेताहरूलाई एमालेमा समाहित हुन आह्वान गरे।
अध्यक्ष ओलीले भने, ‘प्रचण्ड जस्तो नेतृत्वको पार्टीमा बसेर समाजवाद निर्माणको आधार हुन्छ ? माधव नेपालका पछाडि गएका साथीहरूको आँखा कहिले खुल्छ ? माधव नेपाल कता जाँदैछन् देख्नु भएको छैन ? आउनुस् एमालेमा आउनुस्, समाजवादतर्फको यात्रामा अगाडि बढौँ। नेताकार्यकर्ता सबै आउनुस् ।’
ओलीले एक वर्षपछि चुनाव गराउन खोज्दा प्रतिगमन भयो भन्ने दलहरूलाई अहिले चाहिँ किन प्रतिगमन भएन भन्ने प्रश्न पनि गरेका छन्।
उनले गठबन्धनमा आबद्ध सबै दल एमालेले हराइदिन्छ भनेर डराइरहेको टिप्पणी गरे। उनले गठबन्धन अहिले डुब्न लाग्यो भनेर बगिरहेको त्यान्द्रो समातेर बाँच्न खोज्ने अवस्थामा पुगेको बताए। ओलीले भने, ‘तलाउमा परेर एउटाले अर्कोलाई अर्कोले अर्कालाई समातेका छन्। कुनै दिन सबै डुब्छन्।’
















प्रतिक्रिया