
काठमाडौं, २२ साउन । मुलुकमा चुनावी सरगर्मी बढिरहेको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न परिवार दलका अध्यक्ष ओलीनिवास बालकोट पुगेका छन् ।
हिजो शनिबार बालकोटमा भएको उक्त भेटमा समसामयिक राजनीतिक अवस्थाको बारेमा छलफल भएको बताइएको छ । निर्वाचन घोषणापछि दूई नेताबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
गएको स्थानीय निर्वाचनमा एमाले र परिवार दलले चुनावी सहकार्य गरेका थिए । भेटमा स्थानीय निकायको निर्वाचनको समीक्षा हुनाका साथै अगामी निर्वाचनमा पनि दूई दलबीच कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ भन्ने बारेमा छलफल भएको परिवार दलका महामन्त्री सन्तोष कुमार पौडेलले जानकारी दिए ।
दुबै नेताबीच आपसी सवाद र छलफलको माध्यबाट अगाडि बढने र परिवार दलले एमालेलाई स्थानीय निकायमा सर्पोट गरेकामा अध्यक्ष ओलीले प्रशन्नता ब्यत्त गरेको पौडेलको भनाइ छ ।















प्रतिक्रिया