
काठमाडौं, २२ साउन । सिभिल बैंकका ग्राहकहरूले थप २९ वटा संस्थाको वस्तु तथा सेवा उपभोगमा विशेष छूट पाउने भएका छन् ।
उक्त छूट सुविधाका लागि बैंकले विभिन्न सेवाप्रदायक थप २९ वटा संस्थाहरूसँग समझदारी गरेको जनाएको छ । ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढिरहेको बैंकले आफूले प्रदान गर्ने सेवा र सुविधामा मात्र सीमित नरहेर आफ्नो ग्राहकहरूलाई विभिन्न सेवाप्रदायक संस्थाहरूसँग सहकार्य गरी विभिन्न छूट सुविधा उपलब्ध गराउँदै आएको छ ।
यसैबीच बैंकले पछिल्लो पटक होटेल, ल्याब, रेष्टुराँ र विभिन्न स्वास्थ्य संस्थाहरूसहित २९ वटा सेवाप्रदायकहरूसँग समझदारी गरी आफ्ना ग्राहकहरूलाई छूट सुविधा उपलब्ध गराएको जानकारी दिएको छ । बैंकका अनुसार सिभिलका ग्राहकहरूले बैंकको विद्युतीय भुक्तानी प्रणाली ‘सिभिल स्मार्ट–मोवाइल बैंकिङ्ग एप’ अथवा एटीएम कार्डको प्रयोग गरी भुक्तानी गर्दा उक्त छूट पाउने छन् ।
बैंकले हालसम्म ६९ वटा यस्ता वस्तु तथा सेवाप्रदायकसँग सहकार्य गरी आफ्ना ग्राहकलाई छूट सुविधा उपलब्ध गराउँदै आएको जानकारी दिएको छ ।
पछिल्लो पटक बैंकले छूटसम्बन्धी समझदारी गरेको वस्तु तथा सेवाप्रदायकको सूची यसप्रकार छ– 

















प्रतिक्रिया