काठमाडौं, साउन २२ -आगमी मंसिर ४ गते हुने निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा ५ वटा राजनीतिक दल दर्ता भएका छन् । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिन आईतबार साँझसम्म पाँच दल आयोगमा पुगेका हुन् ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार पहिलो नम्बरमा सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको छ । दोश्रो नम्बरमा मौलिक जरोकिलो पार्टी दर्ता भएको छ । यसैगरी क्रमशः नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी र पुनर्जागरण पार्टी नेपाल दर्ता भएको आयोगले जनाएको छ ।
सरकारले निर्वाचनको घोषणा गरेसँगै आइतबारदेखि आसन्न चुनावमा भाग लिनका लागि दल दर्ताको काम सुरु भएको छ ।
















प्रतिक्रिया