४ कार्तिक २०८३, बुधबार

मेगा बैंकद्वारा अभियान नेपाललाई खाद्यान्न तथा शैक्षिक सामग्री वितरण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, २२ साउन । मेगा बैंक नेपाल लुम्बिनी प्रदेशले अभियान नेपाल (अफ्रान होम) तानसेनलाई खाद्यान्न तथा शैक्षिक सामग्रीहरु वितरण गरेको छ ।

मेगा बैंकका लुम्बिनी प्रदेशमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले आफ्नो आम्दानीबाट थोरै रकम जम्मा गरी उक्त सहयोग गरेका हुन् । स्वेच्छिक रुपमा थोरै–थोरै रकम सङ्कलन गरी उक्त रकमबाट सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पाल्पाको तानसेनस्थित अभियान नेपाल (अफ्रान होम) लाई सहयोग गरिएको बताइएको छ ।

मेगा बैंकका लुम्बिनी प्रदेश प्रमुख विश्व पौडेल, प्रदेश बजार प्रमुख आविष्कार खनाल, प्रदेश कर्पोरेट रिलेशनशीप म्यानेजर सरोज भण्डारी तथा तानसेन शाखा कार्यालयका कर्मचारीहरूको उपस्थितिमा हिजो शनिबार खाद्यान्न तथा शैक्षिक सामग्रीहरु वितरण गरिएको हो ।

कार्यक्रममा अफ्रान होमका विद्यार्थीहरूलाई चामल, दाल, तेल, विद्यालय झोला, टिफिन बक्स र पानीका बोटलहरू वितरण गरिएको बैंकको तानसेन शाखाका शाखा प्रबन्धक विष्णु प्रसाद भण्डारीले जानकारी दिए ।

सहयोगस्वरुप प्रदान गरेको सामग्रीहरूले बाबालिकाहरूलाई पठनपाठनमा सहयोग पुग्ने विश्वास बैंकले गरेको छ । उक्त कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेड लुम्बिनी प्रदेश प्रमुख विश्व पौडेलले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कर्मचारीहरूबाट स्वेच्छिक सङ्कलन गरिएको रकमले यस्ता किसिमका सहयोगका कार्यक्रमहरु गरिएको बताए ।

पौडेलले मानव सेवा नै सर्वोपरी सेवा भएको भन्दै यस्ता सहयोगी कार्यक्रमहरु निरन्तर गर्दै जाने विचार व्यक्त गरेका छन् ।

त्यस्तै प्रदेश बजार प्रमुख आविष्कार खनाल, तानसेन शाखाका शाखा प्रबन्धक विष्णु प्रसाद भण्डारीले कार्यक्रमका विषयमा आफ्ना धारणाहरू व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष पून नारायण श्रेष्ठले बैंकका कर्मचारीहरूद्वारा स्वेच्छिक सङ्कलन गरिएको रकमले विद्यार्थीहरूलाई राहत वितरण गरेकोमा उत्साहित भएको बताउँदै धन्यवाद व्यक्त गरे ।

बैंकले शुक्रबार नेपालगञ्जको मानवसेवा आश्रम, शनिबार दाङको घोराहीमा रहेको नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रमा समेत विभिन्न सामग्रीहरु वितरण गरि सहयोग गरेको छ । साथै रुपन्देहीको सैनामैना र अमुवा, नवलपरासीको वर्दघाटमा समेत यस्तै प्रकारका सामाजिक कार्यहरू आगामी हप्ता सम्पन्न गर्ने मेगा बैंक लुम्बिनी प्रदेशका प्रदेश प्रमुख विश्व पौड्यालले जानकारी दिएका छन् ।