५ कार्तिक २०८३, बिहिबार

नागरिकता विधेयक फिर्ता गर्न राष्ट्रपतिलाई अध्ययन कार्यदलको सुझाव

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । नागरिकता अध्ययन कार्यदलले गत साउन १५ गते संसदबाट पारित नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ ।

कार्यदलले नागरिकता विधेयकलाई प्रमाणीकरण नगर्न आग्रह गर्दै राष्ट्रपति भण्डारीलाई अनुरोधपत्र समेत बुझाएको जानकारी दिएको छ ।

आज आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्ययन कार्यदलका सह–संयोजक नारायण शर्माले भने, ‘नागरिकता विधेयक चरम राष्ट्रघाती छ । यो विधेयकले देशको अस्तित्व नै खतरामा पार्ने जोखिम बढ्यो । त्यसकारण देशभक्त नागरिकको हैसियतले हामीले यो विधेयकविरुद्ध अभियान नै चलाएका हौँ ।’

उनले अगाडि भने, ‘यो विधेयकका कारण राष्ट्रिय अस्तित्व समाप्त पर्ने खतरा देखिएकाले हामीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई यो विधेयक प्रमाणीकरण नगर्न र फिर्ता पठाइदिन विशेष अनुरोधसहित ज्ञापनपत्र समेत बुझाइसकेका छौैं ।’