
सिन्धुपाल्चोक, २२ साउन । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ सिमखेतस्थित भीरमा अड्किएका एक जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
जिल्लाको हेलम्बु गाँउपालिका–१ तिम्बु बस्ने ३५ वर्षीय छिरिङ शेर्पा गोरेटो बाटो हिड्ने क्रममा चिप्लिएर बाटोबाट करीब ५० मिटर तल मेलम्ची खोला माथिको भीरमा अड्किएका थिए ।
घटनाबारे जानकारी पाउनसाथ सशस्त्र प्रहरी बल नेपाल खानोपानी आयोजना सुरक्षा बेश मेलम्ची र इलाका प्रहरी कार्यालय मेलम्चीबाट खटिएको संयुक्त टोलीले हिजो शनिबार शेर्पाको उद्धार गरेको हो ।















प्रतिक्रिया