
काठमाडौं, २१ साउन । सिटिजन्स बैंक इन्टरनेशनलले १० गुणासम्म प्रतिफल प्राप्त हुने ‘सिटिजन्स चिरायु मुद्दती योजना’ र ‘रेमिटेन्स चिरायु मुद्दती योजना’ सञ्चालनमा ल्याएको छ ।
बैंकले चितवनमा आयोजना गरेको तीन दिने लिडरशील डेभलपमेन्ट तथा क्यापासिटी बिल्डिङ कन्क्लेभको अवसरमा आजदेखि लागू हुनेगरी यी दुई वटा नयाँ योजनाहरू सञ्चालनमा ल्याएको हो । सोही कार्यक्रमको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेले उक्त योजनाको शुभारम्भ गरेका हुन् ।
सिटिजन्स चिरायु मुद्दती योजनाअन्तर्गत बैंकका ग्राहकले १३ वर्ष ४ महिनादेखि २२ वर्ष १ महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याजबापत लाग्ने करपश्चात एकमुष्ट रुपमा चार गुणादेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् । त्यस्तै रेमिटेन्स चिरायु मुद्दती योजनामा ग्राहकले १२ वर्ष ३ महिनादेखि २० वर्ष ३ महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याजबापत लाग्ने करपश्चात एकमुष्ट रुपमा चार गुणादेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो मुद्दती निक्षेप योजनाअन्तर्गत व्यक्तिगत ग्राहकले यो खाता बैंकको कुनै पनि शाखामार्फत न्यूनतम पचास हजार मौज्दातमा खोल्न पाउने छन् । यस योजनाबाट बैंकका व्यक्तिगत एवम् रेमिटेन्स ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको जनाइएको छ ।















प्रतिक्रिया