बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

‘काङ्ग्रेसले २०४८ सालमा बुहमत ल्याउँदा काठमाडौंमा अहिलेझैं फोहोर थुप्रिएको थियो’

दैनिक नेपाल २०७९ साउन २० गते १५:३१

काठमाडौं, २० साउन । नेकपा एमालेका नेता एवम् पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले अहिले काठमाडौंमा थुप्रिएको फोहोरको डुङ्गुरलाई देखेर कांग्रेसको पुरानो सरकारलाई स्मरण गरेका छन् ।

२०४८ सालमा कांग्रेसले बहुमत ल्याएर सरकार चलाउँदा पनि २०५१ सालको मध्यावधि निर्वाचनको समयमा काठमाडौंमा यसरी नै फोहोर थुप्रिएको उनले बताएका छन् ।

आज शुक्रबार राजधानीमा आयोजित एक साक्षातकार कार्यक्रममा डा. रावलले भने, ‘२०४८ सालमा कांग्रेसले बहुमत ल्याएको थियो । ०५१ को मध्यावधि निर्वाचनमा काठमाडौंमा फोहोरको डुङ्गुर थुप्रिएको थियो । अहिले पनि चुनाव आउँदैछ । काठमाडौं फोहोरको डुङ्गुरमा परिणत भएको छ ।’ अहिले काठमाडौंमा फोहोरको डुङ्गुर लाग्नु वर्तमान सरकारको राजनीतिक फोहोरी खेलको प्रतिकात्मक स्थिति भएको रावलका टिप्पणी छ । फोहोर व्यवस्थापनका निम्ति सरकारले कुनै चासो नदेखाएकोप्रति उनले आक्रोश समेत व्यक्त गरेका छन् ।

‘सरकारको काम भनेको जनताको यस्ता कुरातर्फ ध्यान दिनु हो । तर, यो सरकारलाई कुनै लाज र घीन छैन् । सरकारले आफ्नो दायित्वको बोध नै गर्दैन् । पाँच दलीय गठबन्धनमा पनि एउटाले भन्छ–संघीयता चाहिँदैन् । अर्कोले संघीयता नभई हुँदैन भनेको छ । दलहरु त आ–आफ्नो सिद्धान्तमा हिँड्नुपर्छ । चुनावमा पनि आफ्नो नीति, कार्यक्रम र सिद्धान्त लिएर जाने हो नि, यदि कसैले बहुमत ल्याएन भने समान धारणा भएकाहरुले मिलेर संयुक्त सरकार बनाउने हो,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित