शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

अबदेखि ई–सेवाबाटै होटेल बुकिङ गर्न सकिने, शुरूवाती बुकिङमा छूटको अवसर

दैनिक नेपाल २०७९ साउन २० गते १४:४२

काठमाडौं, २० साउन । भुक्तानी सेवाप्रदायक प्लाटफर्म ई–सेवाले होटेल बुकिङसम्बन्धी सुविधा थप गरेको छ ।

थपिएको सुविधाअन्तर्गत अबदेखि ई–सेवाको मोबाइल एपको प्रयोगबाटै होटेल बुक गर्न सकिने भएको छ । ग्राहकहरूले ई–सेवा एपमार्फत नेपालका कुनै पनि क्षेत्रका होटेल बुक गर्न सकिने कम्पनीले जनाएको छ ।

ई–सेवामा हाल होटेलहरू सूचीकरण गर्ने कार्य जारी रहेको बताउँदै कम्पनीले यदि अनलाइनमार्फत होटेल बुक गर्ने भएमा ई–सेवामा सम्पर्क गर्न आग्रह गरेको छ । ई–सेवामा भएका होटेलहरुको सूची ई–सेवा होटेल डटकममा गएर हेर्न सकिने पनि कम्पनीले जानकारी दिएको छ ।

ई–सेवामार्फत शुक्रबार साँझ ६ बजेसम्म होटेल बुक गरेमा ५० प्रतिशत छूटको व्यवस्था समेत गरेको छ । हाल यो सेवा एण्ड्रोइड मोबाइलमा मात्र उपलब्ध भए पनि केही दिनमा आईओएसमा समेत उपलब्ध हुने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित