५ कार्तिक २०८३, बिहिबार

माधव नेपालसहित गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य छैन : ओली

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसहित अहिलेको पाँचदलीय गठबन्धनका नेताहरूसँग कुनै गन्तव्य नभएको बताएका छन् ।

आज शुक्रबार एमालेले आयोजना गरेको एक कार्यशाला गोष्ठीमा ओलीले हरेक नेताहरूको व्यक्तिगत स्वार्थ मात्र रहेको भन्दै शीर्ष नेताहरूप्रति यस्तो टिप्पणी गरेका हुन् । उनले पाँच वर्ष यो गठबन्धनले सरकार चलाउने हो भने देश नै ध्वस्त बनाउने समेत बताएका छन् ।

‘अहिलेका नेताको कुनै गन्तव्य छैन । मोहनविक्रम सिंहको गन्तव्य प्युठान । शेरबहादुरको गन्तव्य म्याडम साहेव । प्रचण्डको गन्तव्य सुपुत्री । माधव नेपालको त के कुरा गरौं । उनको जिन्दगी छटपटीमै बित्छ । करबटे बदल्ते रहे सारे रात हम जस्तो छ । गन्तव्य केही पनि छैन,’ ओलीले भने ।