५ कार्तिक २०८३, बिहिबार

निर्वाचनको मिति घोषणासँगै मतदाता नामावली संकलन बन्द

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आजै साँझ ५ बजेदेखि मतदाता नामावली संकलन बन्द गर्ने जनाएको छ ।

सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो मंसिर ४ गते गर्ने निर्णय गरेसँगै मतदाता नामावली संकलन बन्द हुने भएको आयोगका सहायत प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको छ ।

गत १ असारबाट शुरू गरिएको मतदाता नामावली आज बिहीबार बेलुका ५ बजेबाट बन्द हुन लागेको हो । यो अवधिमा करिब पाँच लाखभन्दा बढीले नामावली दर्ता गराएको आयोगको भनाइ छ ।