बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकलाई राजी क्लिनिकमा विशेष छूट

दैनिक नेपाल २०७९ साउन १९ गते १४:४३

काठमाडौं, १९ साउन । सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकले रुपन्देहीको राजी क्लिनिक पा्रलिमा विशेष छूट पाउने भएका छन् ।

आफ्ना ग्राहकलाई उच्चस्तरीय बैंकिङ सेवाका अलावा उक्त छूट सुविधा उपलब्ध गराउन बैंकले हालै सो क्लिनिकसँग समझदारी गरेको छ ।

समझदारी अनुसार सिटिजन्स बैंकका ग्राहकले राजी क्लिनिकमा गरिने स्वास्थ्य परीक्षणहरूमा २० प्रतिशत र फार्मेसीमा ७ प्रतिशत छूट पाउने छन् । साथै ६५ वर्ष भन्दा माथिका बिरामीका लागि चिकित्सक शुल्क र ल्याब टेष्टमा ३० प्रतिशतसम्म छूटको व्यवस्था छ ।

साथै बैंकका ग्राहकले क्लिनिकबाट दन्त परीक्षण र चिकित्सक परामर्श जस्ता सेवा निःशुल्क पाउने छन् भने दीर्घ रोगीहरूका लागि घरमै सेवा दिने व्यवस्था पनि गरिएको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित