५ कार्तिक २०८३, बिहिबार

मदिरा सेवन गरी स्कुल बस चलाउने दुई स्कुलका चालक प्रहरी कारबाहीमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । मादक पदार्थ सेवन (मापसे) गरी विद्यालयको बस चलाउने दुईजना सवारी चालक कारबाहीमा परेका छन् ।

काठमाडौंमा सञ्चालित दुई वटा बोडिङ स्कुलका चारलकलाई हिजो बुधबार प्रहरीले कारबाही गरेको हो । कारबाहीमा पर्नेहरूमा स्वयम्भु सानोभर्याङमा सञ्चालित हाइड एण्ड सिक मन्टेश्वरीका वीरेन्द्र तामाङ र बानियाँटारमा सञ्चालित फ्लोरोसेन्ट इङ्गलिस हायर सेकेन्डरी स्कुलका खिमप्रसाद पुन छन् । उनीहरूले क्रमशः प्रदेश ३–०१–०२३ च ३३६८ नम्बरको भ्यान र बा २ क ६५७ नम्बरको बस चलाएका थिए ।

ट्राफिक प्रहरीले हिजो बुधबार गरेको विशेष चेकिङका क्रममा उनीहरू कारबाहीमा परेका हुन् । चेकिङका क्रममा उनीहरूले मदिरा सेवन गरी स्कुलको सवारी साधन चलाएको पाइएपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाही गरी सम्बन्धित स्कुलका प्रधानाध्यापकलाई जिम्मा लगाएको छ ।

ट्राफिक प्रहरीले बुधबार गरेको विशेष चेकिङका क्रममा एकैदिन २६३ जना चालक कारबाहीमा परेका छन् । पानी बोक्ने सवारी साधन ७१ ओटा, एम्बुलेन्स ५ ओटा र अन्य सवारी साधन १ सय ८७ गरी जम्मा २६३ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो । जसमा मदिरा सेवन गरी सवारी साधन चलाउने ७ जना चालक समेत कार्वाहीमा परेका छन् । जसमध्ये २ जना स्कुल बसका चालक समेत परेका हुन् ।