५ कार्तिक २०८३, बिहिबार

काठमाडौं उडेको यतिको जहाजको इन्जिन खराब भएपछि पोखरा फर्काइयो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । काठमाडौंका लागि पोखराबाट उडेको यति एयरलाइन्सको विमानको इन्जिमा खराबी भएपछि पोखरा नै फर्काइएको छ ।

आज विहान पोखराबाट काठमाडौं उडेको यती एयरलाइन्सको ६७२ उडान नम्बरको एटीआर ७२ जहाज उडेको ६ मिनेटमै पुनः पोखरामै फर्काइएको हो ।

जहाजको इन्डिकेटरले बायाँ इन्जिनमा ‘रेड लाइट’ देखाएपछि जोखिम नलिन पाइलटले पोखरा नै फर्काएका यति एयरलाइन्सले जनाएको छ ।

विहान ८ बजे उडेको जहाजमा ४५ जना यात्रु थिए ।

अहिले इन्जिनियरहरुले जहाजको चेकजाँच गरिरहेका छन् ।