५ कार्तिक २०८३, बिहिबार

गुराँस लाइफद्वारा झापाका बिमितलाई ५२ लाख ५५ हजार भुक्तानी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले झापा भद्रपुर नगरपालिका वडा नं. ८ का बिमित सुदेश राईको परिवारलाई ५२ लाख ५५ हजार मृत्यु दाबी भुक्तानी गरेको छ ।

मृतक सुदेश राईले भद्रपुुरका अभिकर्ता अमित शर्मामार्फत ५० लाखको वार्षिक नगद फिर्ता जीवन बिमा गराएका थिए ।

कम्पनीले राईकी पत्नी रुबिना तामाङ्गलाई बिमांक र बोनससहित ५२ लाख ५५ हजार गुराँस लाइफ इन्स्योरेन्स कम्पनी क्षेत्रीय कार्यालय बिर्तामोडले बिहीबार भद्रपुर न. पा. वडा नं. ८ को कार्यलयमा एक कार्यक्रममार्फत भुक्तानी गरेको हो ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेल, उप–मेयर राधा कार्की तथा कम्पनीका मुख्य प्रबन्धक गिरधर श्रेष्ठले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् ।

दाबी भुक्तानी कार्यक्रममा बोल्दै वडाध्यक्ष गौरव सुब्बाले यो भन्दा अघि पनि गुराँस लाइफले छिटो छरीतो दाबी भुक्तानी गरेको र कम्पनीप्रति आफ्नो विश्वास झनै बढेको बताए ।

उप–मेयर राधा कार्कीले प्रत्येक व्यक्तिले आयअनुसार बिमा गरे भविष्यको साहारा हुने र घटना घटे परिवारले राहत पाउने भएकोले जीवन बिमा अनिवार्य गर्न आफुले जनचेतना गराउने बताए ।

यसै सन्दर्भमा मेयर पोखरेलले बिमा कम्पनीहरुले मृत्यु दाबी भुक्तानी अवश्य गर्छन् भन्ने कुराको विश्वास दिलाउदै दाबी भुक्तानी सहज बनाउदै लगेकोमा गुराँस लाइफप्रति आभार प्रकट गर्दै शोकाकुल परिवारप्रति समवेदना र मृतक प्रति श्रद्घाञ्जली अर्पण गरे ।

कम्पनीका मुख्य प्रबन्धक तथा क्षेत्रीय प्रमुख गिरधर श्रेष्ठले व्यक्तिको मृत्युको अपूर्णीय क्षतिको भरपाई नहुने तर बिमाबाट प्राप्त रकमले आश्रित परिवारलाई सहयोग पुग्ने विचार व्यक्त गर्दै युवा अवस्थामै विमितको निधनले आफु मर्माहित भएको बताए ।

साथै बिमाको जनचेतना अभावले बिमा आवश्यक नभएको सोच्ने र आवश्यक भएको दिन पछुताउने गरेकाले बेलैमा गुराँस लाइफमा जीवन बिमा गराई ढु्रक्क हुन आग्रह गरे ।

कार्यक्रममा कम्पनी सहायक प्रबन्धक राजकुमार सिजापति, काँकरभिट्टा प्रमुख अस्मिता लिम्बु, भद्रपुर अण्डराइटर देवी श्रेष्ठ, सिनियर एजेन्सी मेनेजर रिता कार्की, भवानी खड्का, निशा फुयाल तथा अभिकर्ता, स्थानिय व्यक्ति पत्रकार तथा बुद्घिजीवीहरुको उपस्थिति रहेको उक्त कार्याक्रम क्षेत्रिय कार्यालयका जुनियर अफिसर अखिलेश्वर बोहराले संचालन गरेका र कार्यक्रम संयोजन काँकरभिट्टाका पूर्वशाखा प्रमुख याम बहादुर बुढाथोकीले गरेका थिए ।