१ कार्तिक २०८३, आइतबार

जनार्दनमाथि छानबिन गरेको समितिले आज प्रतिवेदन बुझाउँदै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ साउन । तत्लकालीन अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणमा अनाधिकृत व्यक्ति संलग्न गराई करको दर हेरफेर गरिएकोबारे छानबिन गरेको संसदीय विशेष समितिले आज सभामुखलाई प्रतिवेदन बुझाउँदैछ ।

समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाउने समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले बताए ।

प्रतिवेदन बनाउन बिहीबार समितिको बैठक बसेको थियो । समितिका सत्तारुढ सदस्यहरुले शर्मालाई क्लिन चिट दिनुपर्नेमा जोड दिएका थिए भने प्रतिपक्षी एमालेले भने फरक मत राखेको थियो ।