
काठमाडौं, १२ साउन । बञ्चरेडाँडाका स्थानीयबासीले काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडीलाई फेरि अवरोध गरेका छन् ।
स्थानीयले अवरोध गरेपछि गाडी बाटोमै लाइन लागेका छन् । आज विहान ६० वटा गाडीबाट फोहोर लैजाँदै गर्दा बञ्चरेडाँडा पुग्न अघि नै स्थानीयले रोकेका हुन् ।
बञ्चरेडाँडासम्मको सडक मर्मत भइरहेको भन्दै एक हप्ता फोहोर नल्याउन त्यहाँका स्थानीयबासीले गरेको आग्रहलाई महानगरले ध्यानमा राखेर हिजोसम्म फोहोर उठाएको थिएन । र आज महानगरले सूचना जारी गर्दै फोहोर उठ्ने जनाएको थियो । त्यहीअनुसार आज फोहोर बञ्चरेडाँडा लगिएको हो ।
आज पुनः स्थानीयबासीले फोहोर रोकेर सडक निर्माण पूरा नहुँदासम्म फोहोर नल्याउन आग्रह गरेका छन् । यससँगै काठमाडौं उपत्यकामा पुनः फोहोर थुप्रिने देखिएको छ ।















प्रतिक्रिया