२ कार्तिक २०८३, सोमबार

डीआर उपाध्यायले राखे ११० विश्व कीर्तिमान

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्याय÷खनालले अन्तर्राष्ट्रिय पचास भाषामा एक गीत सार्वजनिक गरेर विश्व रेकर्ड कायम गरेका छन् ।

वुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेको सो गीतको प्रमाण पत्र उनलाई हस्तान्तरण गरिएको हो ।

शहरी विकास मन्त्री मेटमणी चौधरीले उनलाई उक्त प्रमाण पत्र हस्तान्तरण गरेका थिए । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नेपाली भाषामा सन्तोषको स्वर, हिन्दीमा डीआरको र अन्यमा प्रकाश तिमिल्सिनकोे स्वर रहेको छ ।

गीत नेपाली, हिन्दी, जापानी, चिनिया, अङ्ग्रेजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनी, इटालियन, जर्मन, थाई, मौरिसियन, उर्दु, स्वेडिस, क्रोसियन, हेब्रु, पोर्तुगाली, बंगाली, संस्कृत, स्टोनियन, भियतनामी, डच, सिंहाली, स्लोभेनियन, इन्डोनेसियन, रुमानी, फिनिस, पेरुभियन, टर्किस, ग्रिक, फिलिपिनो, अल्बानियन, युक्रेनियन, अफ्रिकी, स्लोभाकिया, सर्बियाली, पानामियन, नर्वेजियन, आइसल्यण्डीक, बर्मेली, कोल्म्बीयन, कुर्डिस, स्वाहिली, पोलिस, बोलिभियन, हङ्गेरियन, डेनिस, लात्भियन र आर्मेनियन भाषामा रहेको छ ।

खनाल समाजका अध्यक्ष केदारनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघका निर्वतमान अध्यक्ष चुण्डामणी देवकोटा, पूर्व राजदूत रमेशप्रसाद खनालले शुभकामना मन्तव्य राखेका थिए । उनीहरूले डा. उपाध्यायका कार्यले नेपाललाई विश्वमा चिनाउने भन्दै प्रशंसा गरेका थिए ।

संगीतकार सन्तोष श्रेष्ठले यसअघि विभिन्न १२ देशका भाषामा गीत गरेकोमा फेरि पचास भाषामा गीत सार्वजनिक भएको र यसले विश्व कीर्तिमान कायम गरेकोमा निकै हर्षित भएको बताउँदै डा. उपाध्यायले हेरक पल्ट नयाँ र फरक कार्य गर्न खोज्ने क्रममा यसको जन्म भएको बताए ।

प्रमुख अतिथि मन्त्रि मेटमणी चौधरीले. डा. उपाध्यामा अदभूत क्षमता रहेको र उनले कीर्तिमान कायम गर्दै गएको बताए । उनले अब डा. उपाध्यायको अदभूत क्षमता सबैको खोजको विषय भएको र उनमा रहेको क्षमताको उचित सम्मान र कदर गर्नुपर्ने बताए ।

यस्तै गीतका रचनाकार डा. उपाध्यायले आफूले आफ्ना लागि मात्र नभएर आफ्नो समाज र देशलाई चिनाउनका लागि फरक कार्य गर्दै आएको दाबी गरे ।

कार्मायक्रममा तिलिचो हिमालमा लोकार्पण गरिएको उपन्यास ‘भाइरस लभ’को विश्व कीर्तिमानको प्रमाण पत्र पनि डा. उपाध्यायलाई हस्तान्तरण गरिएको थियो ।

यस्तै डा. उपाध्यायलाई मन्त्री चौधरीले शुभकामना तथा बधाई प्रमाण पत्र प्रदान गरेका थिए भने डा. उपाध्यायले पनि मन्त्री चौधरीलाई मायाको चिनो प्रदान गरेका थिए ।

यसअघि गीत संगीत तथा विविध विधामा १०८ विश्व कीर्तिमान कायम गरेका डा. उपाध्यायको विश्व कीर्तिमानको संख्या ११० पुगेको छ । सञ्चारकर्मी नरेश भट्टराईले सहजिकरण गरेको समारोहमा सञ्चारकर्मीहरू र गीत संगतका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

गीतसंगीत तथा साहित्य सिर्जनाबाट थुप्रै विश्व रेकर्ड कायम गर्ने डा. उपाध्याय पहिलो नेपाली सर्जक हुन् । कीर्तिमानी डा. उपाध्यायका २८ एल्बमका सयौं गीत स्रोता/दर्शक माझ छन् ।

यस्तै, उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’ र भाइरस लभ जस्ता उपन्यास पाठकमाझ आएका छन् । यस्तै, उनको नयाँ उपन्यास ‘कसुर’ छिट्टै सार्वजनिक गर्ने बताइएको छ ।