
काठमाडौं, १२ साउन । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आज नेपाल आउँदैछन् ।
लू आज साँझ नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
एससीपी पास गर्न महत्वपूर्ण भूमिका खेलेका लूले पुनः नेपाल भ्रमण गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरे पनि सरकारले हालसम्म अमेरिकालाई अस्वीकार गर्ने भनेर पत्र पठाएको छैन ।
यसअघि गत वर्षको मंसिर १ देखि ४ गतेसम्म नेपाल भ्रमण गरेका लू हाल दुई दिने भ्रमणका लागि आउन लागेका हुन् ।
भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भइसकेको छ ।
तर, अन्य क–कसलाई भेटवार्ता गर्ने भन्नेबारे खुलाइएको छैन । केही समयअघि मात्रै चिनियाँ विदेशमन्त्रीले भ्रमण गरेका थिए । त्यसको केही समयपछि नै अमेरिकाबाट यस तहको भ्रमण हुनुलाई निकै गम्भीरताका साथ लिइएको छ । त्यस्तै, लूले कतै नेपाललाई एसपीपी सम्झौताका लागि दवाव दिन त लागेको होइनन् भन्ने समेत चर्चा चल्न थालेको छ ।
केही दिन अघि सत्तारुढ दल माओवादी केन्द्रका नेता देव गुरुङले कुनै अर्को नाममा एसपीपी सम्झौता गर्न लागिएको भन्दै विरोध पनि गरेका थिए ।















प्रतिक्रिया