१ कार्तिक २०८३, आइतबार

बजेट प्रकरणबारे प्रतिवेदन बनाउँदै छानबिन समिति

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराई करको दर हेरफेरबारे अध्ययन गर्न गठित संसदीय विशेष छानबिन समितिले आज प्रतिवेदन लेख्न सुरु गर्दैछ ।

हालसम्मको अध्ययन अनुसन्धानका आधार प्रतिवेदन लेखिने समितिका सचिव सुरेन्द्र अर्यालले बताए ।

उनका अनुसार समितिले बुझ्नुपर्ने बुझिसकेको र अब प्रतिवेदन लेखिने बताए ।

गत जेठ १४ गते मध्य राति सिंहदरबारमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराई करको दर हेरफेर गरेको भन्दै चर्को आलोचना भएपछि जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

यद्यपि समितिले अनुसन्धानको क्रममा कुनै पनि ठोस प्रमाण भने फेला पार्न सकेको छैन ।

अनुसन्धानको क्रममा समितिले तत्कालीन अर्थमन्त्री शर्मा, अर्थ मन्त्रालयका सचिव मधु कुमार मरासिनी, मन्त्रालयका अन्य कर्मचारीहरु र अनधिकृत व्यक्तिको संलग्नता भएको भनेर समाचार लेखेका पत्रकारहरुसँग सोधपुछ गरेको थियो ।

सीसीटीभी फुटेज रिकभर भएर आए पनि मानिसहरु चिनिन सक्ने अवस्थामा नरहेको बताइएको छ । अब समितिले के के आधारमा प्रतिवेदन कस्तो लेख्छ भन्ने आम चासोको विषय बनेको छ ।