५ कार्तिक २०८३, बिहिबार

सुरू भयो मोरू वालेटको स्मार्ट क्युआर मर्चेन्ट पेमेन्ट सेवा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । मोरू डिजिटल वालेटमार्फत स्मार्ट क्युआर भुक्तानी सेवा सञ्चालनमा आएको छ ।

हालै पे नेप प्राइभेट लिमिटेड (मोरू) ले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग सम्झौता गरी मोरू डिजिटल वालेट एप मार्फत ‘स्मार्ट क्यूआर’ सेवा सुरू गरेको हो ।

यससँगै मोरू एप प्रयोगकर्ताले देशभरका एक लाख साठी हजारभन्दा बढी मर्चेन्टमा क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।

साथै मोरू वालेट प्रयोगकर्ताले हाल बीग मार्टमा किनमेल गर्दा मोरू वालेट मार्फत ‘स्मार्ट क्यूआर’ प्रयोग गरि भुक्तानी गरेमा १५ प्रतिशत वा ३०० सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन ।

यसै गरी भविष्यमा स्मार्ट क्यूआर भुक्तानीमा मोरू प्रयोगकर्ताले धेरै आकर्षक अफरहरू पनि प्राप्त गर्न सक्ने जानकारी सार्वजनिक गर्ने समेत स्मार्ट क्यूआर नेटवर्क सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज् र मोरूले संयुक्त रूपमा जानकारी दिएका छन् ।