५ कार्तिक २०८३, बिहिबार

खल्तीको “द बिगेस्ट पेमेन्ट जात्रा” अफर सम्पन्न

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि गत जेठ १२ देखि असार ३२ सम्म आयोजना गरेको ५२ दिनको “द बिगेस्ट पेमेन्ट जात्रा” अफरमा सफलतापूर्वक ५ लाख भन्दा बढी प्रयोगकर्ताले १ करोड भन्दा बढी सङ्ख्यामा कारोबार गरेका छन् ।

डिजिटल भुक्तानी प्रति आकर्षित गर्ने उद्देश्यका साथ खल्तीले समय समयमा आफ्ना प्रयोगकर्ताहरूका लागि विभिन्न आकर्षक अफरहरू प्रदान गर्दै आईरहेको छ । यही शैली जारी राख्दै खल्तीले करोड बराबरको अफरको रुपमा “द बिगेस्ट पेमेन्ट जात्रा” आयोजना गरेको थियो ।

यो अफरअन्तर्गत खल्ती प्रयोगकर्ताहरूले सहभागीता जनाई क्यासब्याक तथा थुप्रै उपहारका फाइदा लिएका थिए । साथै हरेक दिन १ बजे देखि सुरु हुने फायरसेल अन्तर्गत २ लाख भन्दा बढी प्रयोगकर्ताहरू लाभान्वित भएका थिए जसमा ५०% सम्म क्यासब्याक प्रदान गरिएको थियो ।

अफरको आकर्षक केन्द्रबिन्दुको रूपमा रहेको घ वटा ‘बजाज पल्सर एनएस १६० एबीएस’ तीन भाग्यशाली बिजेताले लकि ड्र मार्फत प्राप्त गरेका छन् ।

यति मात्र नभई अफरमा सहभागिता जनाउने ७६ भाग्यशाली प्रयोगकर्ताहरूले पुरस्कार स्वरूप समग्रमा ७ वटा इलभ एगिकको ४३ इन्चको स्मार्ट टि.भी, १४ वटा स्मार्ट फोन, ५२ वटा फ्लाइट टिकट रू. १ मा, ५२ वटा स्मार्टब्याण्ड लकि ड्र मार्फत प्राप्त गर्दा निकै खुशी महसुस गरेका थिए।

खल्तीले विजेता छनौट प्रक्रियालाई पारदर्शी बनाउनका लागि हरेक हप्ता फेसबुक लाइभमार्फत विजेता घोषणा गर्दै आएको थियो । सातौँ हप्ताको लाइभमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काको उपस्थितिमा “द बिगेस्ट पेमेन्ट जात्रा” मा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहभागीता जनाउने सबै प्रति कृतज्ञता प्रदान गर्दै सम्पन्न भएको थियो।

आगामी दिनमा पनि डिजिटल भुक्तानी प्रति सबै नेपालीलाई प्रोत्साहित गर्न खल्तीले थुप्रै रोमाञ्चक अफर र पुरस्कारहरु आफ्ना प्रयोगकर्ता माझ ल्याउने छ ।