५ कार्तिक २०८३, बिहिबार

नेपाल टेलिकमबाट यसरी हेर्नुस् एसईई रिजल्ट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०७८ सालको एसईई परीक्षाको परीक्षाफल प्राप्त गर्नका लागि नेपाल टेलिकमले विभिन्न माध्यमबाट व्यवस्था गरेको छ ।

परीक्षाको परीक्षाफल कल गरेर (आइभीआर), एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

कल गरेर – नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशनका पालना गरी नतिजा थाहा पाउन सकिने छ ।

एसएमएस – मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा एकईई लेखेर एक स्पेस छाडी अल्फाबेटसहितको सिम्बल नम्बर SEE <Space˃ ˂Symbol number with alphabet˃ टाइप गरी १६०० मा पठाउने । उदाहरणको लागि SEE 12345678A टाइप गरी १६०० मा पठाएमा आवश्यक जानकारी प्राप्त हुनेछ ।

वेबसाइट – नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत मार्कसिट सहितको नतिजा प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताएका छन् ।

कम्पनीले उपलब्ध गराएको नतिजा जानकारीको लागि मात्र हो । प्रमाणिक विवरण (रेकर्ड) सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयको अभिलेखमा हुनेछ ।

परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरे पश्चात् परीक्षाफल हेर्न सकिने छ ।