५ कार्तिक २०८३, बिहिबार

जनार्दन शर्मामाथिको छानबिन समितिले भिडियो हेरेपछि के भन्यो ?

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई घुसाएर करको दर हेरफेर गरेको भन्दै निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय विशेष समितिको म्याद नथपिने भएको छ ।

समितिलाई सुरुमा १० दिनको समय दिइएको थियो भने दोस्रो पटक ७ दिनको समय थप गरिएको छ । जसको अब दुई दिन मात्रै बाँकी छ ।

समितिले अर्थमन्त्रालयको सीसीटीभी फुटेज प्रहरीको फरेन्सिक ल्याबबाट रिकभर भएर आएपछि भिडियो अध्ययन गरिसकेको छ ।

मंगलबार अपरान्ह फरेन्सिक विज्ञसँगै बसेर समितिले फुटेजमा मिति किन नदेखिएको, किन भिडियो क्लियर नभएको भन्दै जिज्ञासा राखेका थियो । विज्ञहरुले लामो प्राविधिक प्रक्रियाका बाबजुद क्वालिटी कमजोर आएको जवाफ दिएका थिए ।

समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले अब समितिले भोलि विहान ११ बजे बैठक बसेर प्रतिवेदन लेखिने बताए । तर समितिको म्याद भने अब थप नगरिनेमा समितिका सबै सदस्यहरु सहमति बनेको बताइएको छ ।