५ कार्तिक २०८३, बिहिबार

गरिमा विकास बैंक तथा ‘सिराई होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’सँग छुट सम्झौता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । यस विकास बैंकले पर्यटकिय जिल्ला चितवनको भरतपुरमा अवस्थित ‘सिराई होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’सँग उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आर्कषक छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ ।

सम्झौतापत्र अनुसार यस विकास बैंकको डेविट कार्ड रगरिमा डिजि बटुवा प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहक महानुभावहरुले ‘सिराई होटल’बाट रुम तथा ब्रेकफास्टमा २५ प्रतिशसम्म र फुड एण्ड वेभरेजमा १० प्रतिशत छुट पाउन सक्नुहुनेछ । साथै, ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’को विभिन्न सेवामा आर्कषक १० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ ।

यस विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।