
काठमाडौं, १० साउन। संघीय संसदबाट पारित भएको नागरिकता विधयेकबाट वैवाहिक अंगीकृतका निम्ति राखिएको ७ बर्षको समयसीमा हटाइएपछि चर्चासँगै विवाद पनि उत्पन्न भएको छ।
यस प्रकरणमा एमालेको आपत्ति रहेको छ भने माओवादी केन्द्रका नै कतिपय नेताले पनि आलोचना गरेका छन्। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यसको आलोचना गरे पनि प्रचण्ड निकटस्थ नेता बर्षमान पुनले भने दिउँसै रात पार्ने प्रकारको झुठो दाबी गरेका छन्। उनले एमाले सरकारले पेस गरेको विधयेक पास गरेको भनी सिधा झुठो प्रतिक्रिया दिएका हुन्।
उच्च स्रोतका अनुसार नागरिकता विधयेकमा राखिने प्रावधानका विषयमा तत्कालिन नेकपाको सचिवालयमा मन्थन भएको थियो। उक्त मन्थनमा वैवाहिक–अंगीकृतका विषयमा भारतमा जस्तै ७ बर्षको समान प्रावधान राख्नुपर्ने निचोड निस्कियो।
स्रोतले भन्यो,‘यसैकारण अध्यादेशमार्फत विधयेक तयार हुँदा उक्त प्रावधानलाई कायम गरिएको थियो।’ तर, माओवादी नेता पुनले भने एमालेतिर औंला देखाएर उक्त प्रावधान हटाएको अपजस लगाउने कोशिश गरेका छन्।
खासगमा प्रचण्डसँग नजिक भएर महासचिव पदमा दाबेदारी गर्ने दाउ खोजिरहेका पुनले आफ्ना अध्यक्षले भारत पुगेर आउनासाथ गरेको नागरिकता विधयेक माथिको छलछाममा एमाले अध्यक्ष केपी शर्मा ओलीतिर देखाएर बर्को लगाउने काम गरिरहेका छन्।
यो, भ्रमपूर्ण किन पनि साबित हुन्छ भने नागरिकता विधयेक पारित गर्नासाथ मधेस प्रदेशको राजधानी जनकपुर पुगेका प्रचण्डले नागरिकताको समस्या समाधान गरेको र आफू नै त्यसको मियोँ भएको प्रतिक्रिया दिइसकेका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशमन्त्री एस जयशंकर र भारतीय जनता पार्टीका नेतालाई प्रचण्डले भेटेर फर्किनासाथ उक्त विधयेकमा रहेको वैवाहिक अंगीकृतबारे कुनै प्रावधान नगरी निर्णायार्थ प्रस्तुत गरिएको थियो।
जबकि उक्त विषय राज्य व्यवस्था समितिमा छलफल गरी भारतको जस्तै ७ बर्षको समयसीमा तोकिनुपर्ने सांसदहरूले आवाज बुलन्द बनाइरहेका थिए।















प्रतिक्रिया