५ कार्तिक २०८३, बिहिबार

एसईईको नतिजा मेसेजबाटै, अब यसरी हेर्नुस्

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईईका विद्यार्थीहरुलाई एसईई २०७८/७९ को नतिजा हेर्नको लागि एसएमएस सेवा उपलब्ध गराउन स्प्यारो एसएमएससँग सम्झौता गरेको छ । अब विद्यार्थीले एसएमएसमार्फत एसईईको नतिजा हेर्न सक्नेछन् ।

स्प्यारो एसएमएस आधिकारिक एसएमएस सेवा प्रदायक हो र एक दशकदेखि प्रत्येक वर्ष एसईईको नतिजा प्रकाशित गर्दै आएको छ ।

यो साझेदारीसँगै अब नेपालभरका एसईई विद्यार्थी र अभिभावकहरूले सजिलै र सहज रूपमा एसएमएसमार्फत आफ्नो एसईई नतिजा हेर्न सक्नेछन् ।

विद्यार्थी र उनीहरूको नतिजा बीचको दूरी कम गर्ने उद्देश्यका साथ, स्प्यारो एसएमएसले परीक्षाको नतिजा सीधै मोबाइल फोनमा उपलब्द गराउँछ । विगत १० वर्षदेखि देशभरका विद्यार्थीहरूले यस सेवाबाट लाभान्वित हुँदै आएका छन् ।

जानकी टेक्नोलोजी (स्प्यारो एसएमएस) का मुख्य कार्यकारी अधिकारी, मनोज थापा भन्छन्, ‘केही सेकेन्डभित्र आफ्नो मेहनेतको नतिजा थाहा पाउनु जो कोहीका लागि पनि उत्साहजनक र रोमाञ्चक अनुभव हो । स्प्यारो एसएमएस लाखौं विद्यार्थीहरूसँग आफ्नो सेवामार्फत यी भावनाहरू साझा गर्न सक्षम भएकोमा गर्व गर्दछु ।’

एसईई (एसएलसी) को नतिजा २०७८/२०७९ एसएमएसमार्फत कसरी हेर्ने ?

१. आफ्नो मोबाइलको एसएमएस बाकसमा जानुहोस्

२. नयाँ एसएमएस लेख्नुहोस्

३. आफ्नो सिम्बल नम्बर टाईप गरेर एउटा स्पेस दिनुहोस्

४. ३५००१ मा एसएमएस पठाउनुहोस्

हेर्नुस् भिडियो लिंकः