
काठमाडौं । भारतको प्रतिष्ठित म्युजिक कम्पनी रेड रिबनको निर्माणमा अफिसियल म्युजिक भिडियो “सोनिया”भर्खरै रेड रिबनको युट्युबमार्फत सार्वजनिक भएको छ ।
म्युजिक भिडियोमा नेपाली १६ वर्षीय युवक शीतल वाग्ले सँगै कलाकारहरु एसरा भर्मा, तानिया चतर्जिलगायतको भुमिका रहेको छ ।
भिडियोको नेपालमा म्युजिक भिडियोको दुनियाँमा रुचाईएका निर्देशक नितिन चन्दले निर्देशन गरेका हुन् । चन्द लामो समयदेखि भारतमै बसोबास गरिरहेका छन् ।
जसमा हर्मान नजिम र सरोदि बोहराको आवाज रहेको छ भने गीत र संगीत भने मास्म्याथको रहेको छ ।

रेड रिबनको यो म्युजिक भिडियो निर्माणको क्रममा थुप्रै नयाँ अनुहारहरु मध्येबाट वाग्लेलाई छानिएको निर्देशक चन्दले बताए ।
यो अवसर आफूले पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा आफूलाई अझ निपुण बनाउने कुरामा विश्वस्त पार्दै यही क्षेत्रमा केही उत्कृष्ट कार्य गर्ने सोच रहेको कलाकार वाग्लेले बताए ।
भिडियो:















प्रतिक्रिया